भक्ति थापा

सरदारभक्ति थापा क्षेत्रीको जन्म बिक्रम सम्बत १८०२मा लमजुङ जिल्लाको भलाम्खोला ढुङ्गे बेसिमा भएको थियो। विखण्डन र कमजोर अवस्थामा रहेको नेपाल एकीकरण अभियानमा सरदार भक्ति थापाको स्थान सर्वोच्च छ। विलक्षण युद्ध कुशलता , नेतृत्व क्षमता, प्रशासनमा कुशलता, देशभक्ति, राष्ट्र प्रेम र राष्ट्रियताप्रति उच्च सम्मान भएका सरदार भक्ति थापाको इतिहासलाई हेर्दा उनीमा चरम राष्ट्र प्रेम को भावना भएको पाइन्छ। नेपाल एकीकरण अभियानमा पाल्पा देखि पश्चिम काकडा सम्मको एकीकरण कार्यमा वीर भक्ति थापाको भूमिका महत्वपूर्ण रहेको छ। उनले विशाल नेपाललाई विखण्डन हुनबाट बचाएका थिए। देउथमा अंग्रेज विरुद्ध युद्ध गरेका थापाको अंग्रेजको गोली लागेर विक्रम संवत १९७६ वैशाख ६ गते मृत्यु भएको थियो। तर अंग्रेज सेनाले वीर गोर्खालीको संज्ञा दिँदै थापाको शवमा दोसल्ला ओडाएर सम्मान दिएकाले उनको इतिहास नेपालको गौरव संग जोडिएको छ । त्यसैले नेपाल सरकारले विक्रम संवत २०७८ असार १४ गतेको मन्त्रिपरिषद्को निर्णयले भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा गर्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *