राजा जनक

राजा जनक प्राचीन राज्य मिथिलाका ऐतिहासिक राजा थिए। यिनको राजधानी हालको नेपालमा पर्ने धनुषा जिल्लाको जनकपुर शहरमा थियो ।राजा जनकको जन्म नेपालमा पर्ने जनकपुर शहरमा भएको थियो । राजा जनक को वास्तविक नाम सिरध्वज हो । जनक उनको वंसको नाम थियो भन्ने विश्वास गरिन्छ।पौराणिक मान्यता अनुसार राजा जनक भगवान श्रीरामकी पत्नी सीताका पिता थिए।जनकका पुरोहित याज्ञवल्क्य ऋषि थिए । याज्ञवल्क्यले राजा जनकलाई बेलाबेलामा सरसल्लाह दिने गर्थे । त्यसैले मिथिला प्रदेश त्यतिबेला दर्शन विद्याको ठूलो केन्द्र थियो । राजा जनक जन्मसिद्ध योगी थिए । उनले कसैबाट ज्ञान सिकेका थिएनन् । उनलाई आत्मज्ञान भएको थियो । उनले सबै मिलेर सँगै बसौं, बाँडीचुँडी खाऔँ, एक भई काम गरौं, शान्ति कायम गरौं, लडाइँ झगडा गर्नु नपरोस् भन्ने उपदेश सबैलाई दिन्थे । यी पाँच उपदेश हिजो, आज र भोलि पनि उत्तिकै सान्दर्भिक उपदेशका रुपमा सबै धर्मले स्वीकार गरेका छन् । आज पनि उनका उपदेशलाई राज्य सञ्चालनका निम्ति मार्गदर्शनका रूपमा लिन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *