
पासाङ ल्हामु शेर्पाको जन्म सोलुखुम्बु जिल्लाको चौरीखर्क, लुक्ला सुर्के-४ मा २०१७ साल मंसिरमा भएको थियो। ऊनी २०५० साल वैशाख १० गते दिउँसो २.१५ बजे सगरमाथाको चुचुरोमा नेपालको झण्डा गाडी सगरमाथा आरोहण गर्ने विश्वकी सत्रौँ र नेपालकी प्रथम महिला हुन । आरोहणपछि फर्कने क्रममा पासाङको निधन भयो। मृत्यु पश्चात् पासाङलाई ‘सुप्रदिप्त मान्यवर नेपाल तारा’को विभूषण मिल्यो। त्यो भन्दा पहिले उनको सगरमाथा चढ्ने प्रयास तीन पटक सम्मको असफल भएको थियो। सगरमाथाको शिखरबाट श्रीमान् सोनाम छिरिङसँग फर्कदै गर्दा उनको मृत्यु भयो। उनको तस्वीर अङ्कित हुलाकटिकट प्रचलनमा ल्याइयो। पूर्वी नेपालको नाम्चे गाउँ विकास समिति अन्तर्गत रहेको ७ हजार ३ सय ५१ मिटर अग्लो ‘जासम्बा’ नामको चुचुरोलाई ‘पासाङ ल्हामु चुली’ नामकरण पनि गरियो।