
त्रिभुवन शाह श्री ५ पृथ्वी विरविक्रम शाह र माहिली महारानी लक्ष्मि दिव्यस्वरिका जेष्ठ पुत्रका रूपमा वि.सं.१९६३ असार १७ गते भएको हो । त्रिभुवन नेपालका राजा थिए । त्रिभुवन शाह महेन्द्रका पिता हुन।२१ कात्तिक वि.सं. २००७ मा राणा बिरोधि क्रान्तिको घोषणा हुँदा राजा त्रिभुवनले पनि यस क्रान्तिलाई सहयोग गर्ने गरी कात्तिक २१ गते सपरिवार भारतीय विमानद्वारा दिल्ली प्रस्थान गरे। तात्कालीन राणा प्रधानमन्त्री मोहन शमशेरले त्रिभुवनका चार वर्षीय माहिला नाति ज्ञानेन्द्रलाई गद्दी आरोहण गराए। तर भारतले ज्ञानेन्द्र वीर बिक्रम शाहलाई राजाको मान्यता नदिने सार्वजनिक घोषणाले राणा सरकार माथि दबाब बढ्यो। मोहन शमशेरले परिस्थिति नियन्त्रण बाहिर गएको देखे। त्यसैले विजय शमशेर राणालाई वार्ताको लागि दिल्ली पठाए। दिल्लीमा राजा त्रिभुवन, नेपाली कांग्रेस र राणा सरकारका प्रतिनिधिहरूले नयाँ परिस्थितिको बारेमा छलफल गरे । तत्पश्चात् राजा त्रिभुवन फागुन ४ मा नेपाल फर्केर फागुन ७ मा प्रजातन्त्र स्थापना भएको घोषणा गरे । यसरी १०४ बर्से राणा शासनको अन्त्य भयो र प्रजातन्त्र प्राप्त भयो । देसमा प्रजातन्त्र ल्याउन को लागि उनले गरेका योगदानको कदर गर्दै नेपाल सरकारले उनलाई राष्ट्रिय विभूति घोषणा गर्यो।