
अरनिकोको जन्म सन् १२४४ मा पिता लाखाँना र माता सुमाखचीका सन्तानको रूपमा पाटन शहरमा भएको थियो। अरनिको उपनाम बलबाहू प्रसिद्ध कलाकार तथा नेपालका राष्ट्रिय विभूति हुन् । औद्योगिक क्रान्ति हुनुभन्दा अगावै आजभन्दा करिब ७०० वर्षअगाडि नेपालका प्राचीन धातुकर्मी र मूर्तिकारहरूले वास्तुकला र मूर्ति-निर्माणमा अनेकौँ रासायनिक विधिको उच्चतम प्राविधिक ज्ञान हासिल गरिसकेका थिए भन्ने कुराको ज्वलन्त नमूना हो- अरनिको । उनको वास्तविक् नाम् बलबाहु भएपनि अरनिको नामले विश्व प्रसिद्ध भए । अरनिको कलाकार मात्रै थिएनन्, उनी मूर्तिकार र वैज्ञानिक पनि थिए । पाटनमा जन्मेका यिनले राजा अभय मल्लको समयमा चीनमा गएर आफ्नो वास्तुकला देखाएका थिए । अरनिकोले निर्माण गरेको स्वेत चैत्य चीनको बेइजिङमा अहिले पनि पर्यटकको आकर्षणको रूपमा रहेको छ। अरनिको प्यागोडा शैलिको मन्दिरहरु निर्माण गर्ने दक्ष कलाकार हुन् । अरनिकोले नेपाली प्यागाेडा शैलीलाई विश्वव्यापी बनाए । अरनिकोले बनाएका दर्जनौं संरचनाहरु अझैपनि चीनमा खडा रहेका छन् । चीनको श्वेत प्यागाेडा (पाइतास्ते) अरनिकोले बनाएका हुन्। अरनिको मृत्यु पश्चात् उनलाइ चीन सरकारले मिङ्होइ (प्रतिभाशाली कलाकार)को उपाधि प्रदान गरेको थियो। उनले गरेका विविध कार्यहरूको नेपाल सरकारले कदर गर्दै उनलाई २०३० सालमा नेपाल सरकारले विभूति घोषणा गर्यो।