
यिनले वि.सं. ६६२ देखि ६७८ सम्म १६ वर्ष शासन गरेका थिए। उनी बुद्धिमानी, साहसी र दुरदर्शी लिच्छबी राजा थिए। उनी साहित्य, कला र वास्तूकलाका पनि प्रेमी थिए। उनले बनाएको कैलाशकूट भवन सातौँ शताब्दीमा राज्यको सबैभन्दा प्रसिद् दरबारको नामले चिनिएको थियो। अंशुवर्मा शैव धर्म मान्दथे। उनी विद्वान र लिच्छवी शासक थिए । कला, वास्तुकला र साहित्यमा पनि उनको रुची थियो । अंशुवर्मा द्वारा निर्मित कैलाशकुट भवन वास्तुकलाको एक उत्कृष्ट नमूना हो। बालकको सालनाल काट्ने, आफ्नो नाममा सम्बत चलाउने र सिक्का समेत निकाल्ने काम यिनले गरेका थिए। यिनले महाराजधिराज तथा महासामन्त जस्ता पद्वी धारण गरेका थिए। त्यस्तै यिनले शब्द विद्या नामक ग्रन्थको रचना गरेका थिए। त्यस समयमा भारत र तिब्बत नेपाल भन्दा शक्तिशाली थिए। अंशुवर्माले तिब्बत र भारतसँग सन्तुलनपूर्ण सम्बन्ध कायम गरेका थिए। त्यसबेला भारतसँगको सम्बध बलियो राख्नको लागि अंशुबर्माले आफनो बहिनीको बिबाह भारतका सम्राट हर्षवर्द्धनसँग गरी मित्रता कायम राखेका थिए भने तिब्बतका राजा स्रोङ्चन गम्पोसँग आफ्नी छोरी भृकुटीको विवाह गराइदिएका थिए। धेरै सामाजिक सुधारका काम गरेका यिनको युगलाई लिच्छवीकालिन नेपालको स्वर्णयुग मानिन्छ। अंशुवर्मा नेपालका राष्ट्रिय विभूति हुन।