भिमसेन थापा

भिमसेन थापा बि.स.१८४२ श्रावण ९ गते शुक्रबार जनरल अमरसिंह थापा र उनकी मुख्यानी सत्यरूपाका कोखमा जेठा पुत्र भई भीमसेन थापा जन्मेका थिए ।भीमसेन थापाको प्रधानमन्त्रीकालमा नेपाल साम्राज्यको निक्कै विस्तार भएको थियो। त्यस समयमा यस साम्राज्यको सिमाना पश्चिममा सतलज नदी र पूर्वमा टिस्टा नदी सम्म पुगेको थियो। त्यस बेलामा उनले थुप्रै सैनिक, कानुनी, सामाजिक तथा आर्थिक सुधारहरू गरे। सैनिकलाई युरोपेली शैलीमा आधुनिकिकरण गरियो। थुप्रै समाजिक कुरितीहरू हटाइयो। सार्वजनिक प्रशासनमा सुधारहरू गरे। धरहरा, सुन्धारा, बागदरवार, टेकु पुल, थापाथली पुल आदि निर्माण गराए। विश्वका विभिन्न भागमा प्रभुत्व बढाउदै गएको बेलायती साम्राज्यवादको विरूद्ध लड्न एसियाली जनएकताको आहृवान गर्ने उनी निकै दूरदर्शी कूटनीतिज्ञ पनि थिए। महान् पूर्वजहरूले शुरू गरेको नेपाल एकीकरणलाई अगाडि बढाएर भीमसेनले नेपालको सीमालाई चारैतिर बढाए। सन् १८६२ मा काजी र त्यसपछी मूलकाजी र जनरल भएका भीमसेन थापाले साम्राज्यवाद विरुद्ध अनवरत सङ्घर्ष गरेर नेपालको सिमाना सतलजसम्म पुर्‍याएका थिए भने यिनकै पालामा पाल्पालाई नेपालमा गाभिएको थियो। सेनाको आधुनिकीकरण, राहदानी प्रथाको सुरूवात, अनेकौँ सामाजिक सुधार र विकास निर्माणको कार्य गर्न लगाए। सामाजिक सुधार कमारा-कमारी राख्न नपाउने व्यवस्था, नेवारहरूको चाडमा खर्चको सिमा तोक्ने काम, नाप तौलमा सुधार र व्याजदरमा निर्धारण गर्ने काम, हुलाकको व्यवस्था, विवाह प्रथामा सुधार जस्तै सानिमा बेहोर्ने प्रथा र जग्गालाई हले, पाटे, कोदालेको आधारमा अभिलेख राख्ने व्यवस्था। प्रशासनिक सुधार ,घुस लिन नपाउने व्यवस्था,राहदानी वितरणको व्यवस्था। सेना, जर्नेल, कर्नेल, क्याप्टन आदि पदको सिर्जना। सेना, प्रहरीलाई आधुनिक प्रसिक्षण दिने व्यवस्था र छाउनी र ब्यारेकको व्यवस्था । भिमसेन थापाले नेपालमा धेरै योगदानहरु दिएको कारणले उनलाई नेपाल सरकारले विभूति भनी घोषणा गर्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *