
राम शाह गोरखा राज्यका चौथो शाह वंशीय राजा हुन् । उनी राजा पुरन्दर शाहका छोरा र राजा छत्र शाहका भाइ हुन् । उनको जन्म १६४३मा भएको थियो भने १६६३मा गोरखाका राजा भएका थिए । रामशाह न्यायकाप्रति मूर्ति तथा मध्यकालीन गोरखाका राजा थिए। उनले समाजिक, आर्थिक, न्यायिक, प्रशासनिक र धार्मिक सुधार गरेका थिए । उनले गरेको सुधार ले गर्दा नै त्यतिबेला न्याय नपाए गोरखा जानु भन्ने चलन चलेको थियो। उनले आफ्नो राज्यमा ढक तराजु माना पाथी र पैसाको चलन चलाए। जिन्सीमा २५ प्रतिशत र नगदमा १०प्रतिशत भन्दा बढी