अमरसिंह थापा

अमरसिंह थापा अमरसिंह थापाको जन्म वि. सं. १८०८ मा जनै पूर्णिमाको दिन बाघ भीम सिंह थापा र उमादेवीका पुत्रको रूपमा भएको हो। बाघ भीम सिंहले पलाञ्चोकको युद्धमा वीरगति पाएपछि उनले पिताको स्थान लिए। उनी रणजय थापाका नाति हुन् । प्रधानमन्त्री भीमसेन थापाका पिता अमरसिंह थापा नेपाल अङ्ग्रेज युद्धका समयमा नेपालको पश्चिम किल्लाका सर्वोच्च कमाण्डर हुन्। उनलाई नेपालको राष्ट्रिय विभूति मानिन्छन्। उनी निर्भय, पराक्रमी, युद्धचातुर्य, इमान्दार र विश्वासी भएकोले राजा रणबहादुर शाहको पालामा अङ्ग्रेजहरूसँगको युद्धमा सुदूर पश्चिमाञ्चलको रक्षाको जिम्मा पाएका थिए। उनी र उनका सैनिकहरू लङ्गुरगढी छोडी १००० कि.मि. ३० दिनमा पार गर्दै मातृभूमिको रक्षार्थ दोस्रो नेपाल तिब्बत युद्धमा नुवाकोट आइपुगेका थिए। त्यस ताका अमरसिंह थापालाई अङ्ग्रेज तर्फका जनरल अक्टरलोनीले ठुलो प्रलोभन देखाउदा पनि अनि त्यस्तो लोभ लालचमा नफसी राष्ट्रिय हितलाई सर्वोपरि ठानी वीरता पूर्वक अङ्ग्रेजसँग लडेकाले हामी उनीलाई राष्ट्रिय विभूतिको रूपमा सम्मान गर्दछौँ। “म बाघको डमरु हुँ मलाई सिनो खाने कुकुर नसम्झ” ! दुई सय चार वर्षअघि भएको नेपाल-अंग्रेज युद्धमा बडाकाजी अमरसिंह थापाले अंग्रेज सेनानायकलाई फर्काएको जवाफ हो यो । अंग्रेज सेनानायक ब्रिगेडियर जनरल डेभिड अक्टोरलोनीले जति भन्छौ, त्यति धन, सम्पत्ति र पद पनि दिन्छु, लडाइँ गर्न छाडेर आत्म-सर्मपण गर भन्दा आत्मसर्मपण गर्नुको साटो डटेर युद्ध गरे । त्यसैले उनको योगदानलाई कदर गरेर नेपाल सरकारले विभूति घोषणा गर्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *