शंखधर साख्वा

शंखधर साख्वालाई नेपाल सरकारले मिति २०५६/८/३ मा राष्ट्रिय बिभुती घोषणा गरेको हो। शंखधर साख्वा नेपालका राष्ट्रिय बिभूति र नेपाल संबतका प्रवर्तक हुन। उनी एक समाजसेवी थिए जसले तत्कालीन नेपालीलाई ऋणबाट मुक्ति दिलाए। नेपाल सम्बतको सुरुवातकर्ता शंखधर साख्वा कान्तिपुरको इलाछेंमा बस्ने व्यपारी थिए। उनले वि. सं. ९३६ मा कान्तिपुर र भादगाउँका जनताको सम्पूर्ण ऋण तिरी नेपाल सम्बतको थालनी गरेका थिए। तत्कालीन समाजमा शुद्र जातिलाई पशुपति प्रवेसमा बन्देज लगाइएको थियो। कान्तिपुरका राजा राघवदेवले शंखधरको योगदानलार्क्ष कदर गरी शुद्र जातिलाइ पशुपतिमा प्रवेश दिएका थिए। शङ्खधरले शोषित, पीडित, असामी, ऋणको भारले थिचिई त्रसित भएर, हिम्मतसमेत हराएका निरीहहरू जसको चुलोमा पेटभरि खाने खाना पनि पाक्न सक्तैन। अझ त्यतिमात्र होइन, असामी भएको कारणले साहुको घरमा निःशुल्क श्रम गर्नु परेका तथा कमारा-कमारी भई निकृष्ट जीवन बिताउन बाध्य भएका सर्वसाधारणप्रति, आफू सम्पन्न भएपछि तिनीहरूको ऋण तिरेर तिनीहरूलाई सबै किसिमको शोषण र पीडाबाट मुक्त पार्ने सोच शङ्खधरको अद्वितीय संवेदनशीलता, अनुभूति र जनमुखी कार्य मानिन्छ। उनले प्रचलनमा ल्याएको नेपाल सम्बत वि. सं.१९६० सम्म पनि नेपालको सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गरिन्थ्यो। तर तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरले बिक्रम सम्बतलाई चलनमा ल्याएका थिए।काठमाडौँ उपत्यकामा समाज सुधारका लागि आफूलाई समर्पित गर्ने ,नेपाल संवतका प्रवर्तक, समाज सुधारक तथा प्रगतिशील व्यक्तित्व शङ्खधर साख्वालाई नेपाल सरकारले मिति २०५६/८/३ मा राष्ट्रिय बिभुती घोषणा गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *