भानुभक्त आचार्य

भानुभक्त आचार्यको जन्म धनञ्जय आचार्य र धर्मावतीदेवीका कोखबाट वि. सं. १८७१ असार २९ गते तनहुँ जिल्लाको रम्घा गाउँमा भएको थियो । उनी वाल्मीकि रामायणका अनुवादकका रूपमा प्रख्यात छन्। मोतिराम भट्टले उनलाई पहिलो पटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए। उनले प्रश्नोत्तर , भक्तमाला, वधूशिक्षा लगायतका कृतिहरू लेखेका छन्। उनका पाण्डुलिपिहरू लाई सङ्ग्रह गरेर मोतिराम भट्टले प्रकाशित गरेपछि उनी नेपाली साहित्यमा चिनिएका हुन्।भानुभक्तलाई कतिले राष्ट्रिय कविको संज्ञा दिएका छन् त कति चाहि जातीय कवि भन्न मन पराउछन्। उनका कृतिलाई नेपालीमा लेखेको दर्शनशास्त्र, गीता/नेपाली काव्यक्षेत्रको गुरूग्रन्थ जस्ता पदवी प्रदान गर्नेहरू पनि छन्। जातीय भेदभाव हटाउने र भाषिक सङ्कीर्णता हटाएर नेपाली भाषालाई सशक्त राष्ट्र भाषाका रूपमा बलियो पार्ने काम भानुभक्तले गरे। नेपाली भाषालाई निक्खार र भावमय रूप दिने ऊनी नै पहिलो कवि हुन्। आधुनिक भाषा तथा साहित्यका एउटा महान् कवि भानुभक्त हुन्। विविध वर्गका मानिसलाई मिलाइ एकताको मूलभाषा तथा संस्कृति प्रदान गरेर भानुभक्तले नेपाली मात्रको अनुपम सेवा गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *